logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • यी हुन् काठमाडौं परिवर्तन गर्ने बालेनका योजना, जसका कारण मतदाताले बालेनलाई पत्याए

    यी हुन् काठमाडौं परिवर्तन गर्ने बालेनका योजना, जसका कारण मतदाताले बालेनलाई पत्याए

    28.9K
    Shares
    यी हुन् काठमाडौं परिवर्तन गर्ने बालेनका योजना, जसका कारण मतदाताले बालेनलाई पत्याए

    काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । बालेन शाहले अहिलेसम्म कुल १६ हजार ६४७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका केशव स्थापितले ८ हजार ६०७ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ७६७ मत प्राप्त गरेकी छन् ।

    स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणनाको सुरुदेखि आग्रता कायम गरिरहेकोमा अहिले केशव स्थापित र सिर्जना सिंहले पाएको कुल मतको जोड भन्दा पनि बालेन शाहले एक्लै पाएको मत २७३ ले बढी छ । शीर्ष पार्टीका उम्मेदवारलाई पछि पारेर बालेन शाहले लोकप्रिय मतका साथ मतान्तर बढार्ईरहँदा उनको मेयर बन्ने सम्भावना पनि बढीहरहेको छ ।

    स्वतन्त्र उम्मेदवारीको घोषणा गरेदेखिनै चर्चा बटुलिरहेका बालेनको प्रतवद्धता पनि सामान्य खालका छन् । फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य खानेपानी, चुस्त प्रशासनिक कार्यव्यवस्था उनका प्राथमिकतामा छन् ।

    महानगरपालिकाको बजेटले भ्याउने, महानगरको कार्यक्षेत्राधिकार भित्र पर्ने र ५ वर्षमा सम्पन्न गर्न सक्ने खालका कामहरु मात्रै बालेनले आफ्नो प्रतिवद्धतापत्रमा समावेश गरेका छन् । बालेन शाहले जारी गरेका २२ बुँदे प्रतिवद्धता पत्रमा यी बुँदाहरु समावेश गरेका छन् ।

    १.शिक्षा
    उच्चस्तरिय प्रविधि सहितको गुणस्तरिय शिक्षा प्रदान गरिनेछ ।

    २.स्वास्थ्य
    महानगरका प्रत्यक वडामा डाईग्नोष्टिक ल्याव सहितको स्वास्थ्य सेवा प्रदान गरिने छ ।
    ७० वर्षभन्दा माथीको वृद्धवृद्धाको घरघरमै निःशुल्क स्वास्थ्य परिक्षण परिने छ ।

    ३.पुर्वाधार
    सांस्कृतिक महत्वका सम्पदा क्षेत्रको लागि उपभोक्ता समिती मार्फत निर्माण तथा पुनःनिर्माण कार्य गरिने छ ।
    बस स्टपमा फल्चा स्थापना गरिने ।

    ४.यातायात
    सवारी साधनको मात्रा र आवतजावतलाई संघ सस्था तथा कार्यालयको प्रकृतिको आधारमा वर्गिकरण गरेर कार्यालय समयको विभाजन गरिनेछ । सार्वजनिक यातायातलाई एउटै संगठनमा जोड्ने र विद्युतिय सार्वजनिक यातायातको थालनी गरिने छ । भवन भाडामा लिएर बहु–तले पार्किङमा परिणत गरिने छ ।
    खुल्ला ठाउँमा समय अनुसार फुटपाथ व्यवसायको समय निर्धारण गरिने छ ।

    ५.पानी व्यवस्थापन
    सबै ढुंगेधारा÷हिटी पुनः जागृत गराउनका लागि पुराना श्रोतलाई पुनःजागृत गराईने छ ।
    मेलम्ची खानेपानीको सबै तहमा अनुगमन र सहकार्य गरिने छ ।

    ६.महिला तथा बालबालिका
    हेल्पलाईन कल सेन्टर मार्फत महिला र बालबालिकाका लागि घरेलु हिंसा मुक्त सुरक्षित वातावरणको व्यवजस्था गरिने छ ।
    सरकारी स्कुलमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था मिलाईनेछ ।
    सार्वजनिक सौचालय, सरकारी कार्यालय र सार्वजनिक स्थानहरुमा स्तनपान, शिशु नर्सिङ कोठाको व्यवस्था गरिनेछ ।

    ७.पर्यटन
    पर्यटनलाई स्थानीय वासिन्दाको जीवनचर्यासँग जोड्ने कार्यक्रमहरु ल्याईने छ ।
    जात्रालाई संस्कृति र सम्पदाको क्षेत्रसँग जोडेर सरकारी तहबाट प्रवद्र्धन गरिने छ ।

    ८. प्रदुषण नियन्त्रण
    पुर्वाधार एम्बुलेन्सको सहायताले प्रदुषणको मुल कारणको समाधान गरिने छ ।
    खाल्डाखुल्डी, ढल निकाश र अन्य प्रदुषण उत्सर्जन गर्ने क्षेत्रहरुको दु्रत मर्मत सम्हार र व्यवस्थापन गरिने छ ।

    ९. फोहोर व्यवस्थापन
    अर्गानिक, प्लाष्टिक र सिसाजन्य फोहोरलाई छुट्टाछुट्टै संकलन गरिने छ ।
    अर्गानीक फोहोरलाई प्राङगारिक मलमा परिणत गरी नजिकको कृषि प्रधान जिल्लाहरुमा बिक्रि गरिने छ ।
    कारखाना वा औद्योगिक फोहोरको परिवर्तनीय क्षमता अनुसार व्यवस्थापन गरिने छ ।

    १०. संस्कृति
    जात्रा ,चाडपर्व लगाएतका सांस्कृतिक कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरी काठमाडौं महानगरको स्थानीय संस्कृति प्रवद्र्धन गरिने छ ।

    ११. सम्पदा
    सांस्कृतिक सम्पदा स्थल वरिपरीका घरहरुको जीर्णेद्धार र पुनरुत्थान गरी आफ्नो शैली अनुसार मुहार फेरिने छ ।
    पुराना मन्दिर, स्तुपा, गुम्बालाई पुराना वैज्ञानिक प्रविधिहरु जस्तै लिच्छवी वा मल्लकाल अनुसार पुननिर्माण गरिनेछ ।

    १२.कृषि
    तरकारी उत्पादन गर्न र काठमाडौंको ८० लाख जनसङख्यालाई उपभोग गराउन देशभरी रहेका कृषियोग्य खाली जग्गा भाडामा लिई फलफुल तथा तरकारी खेती गरीने छ । शैक्षिक पृष्ठभुमी नभएतापनि युवाहरुलाई कृषि तालिम र काठमाडौं महानगरपालिकाले भाडामा लिएको जग्गामा रोजगारी दिईने छ ।

    १३.खेलकुद
    वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र स्थापना गरिने छ । अन्तराष्ट्रिय खेलकुद क्लवहरुसँगको सहकार्यमा युवा लिगहरु आयोजना गरिने छ ।
    पर्यटन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रर्वद्धन गर्न अन्तराष्ट्रिय ई–स्पोर्टस् खेलाडीहरुलाई आकर्षित गर्न अन्तराष्ट्रिय स्तरमा र्ई–स्पोर्टस् प्रतियोगिता आयोजना गरिने छ ।

    १४.खुला ठाउँ र हरियाली
    शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्कम रुपमा स्थिरता कायम राख्ने क्यालिस्थेनिक पार्कहरुको निर्माण गरिने छ । सहरको हरियाली सुधार गर्न फुटपाथ तथा सडकको मध्यपट्टी वृक्षारोपण गरिने छ ।

    १५.डिजिटल सेवा प्रवाह
    विवाह दर्ता, जन्मदर्ता लगाएतका महत्वपुर्ण कागजातको लागि अनलाईन फर्म भर्ने व्यवस्था गरिने छ ।
    करको दायरामा आउने नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने छ ।

    १६.होलडेलिभरी सरकार
    विवाह दर्ता, जन्मदर्ता लगाएतका महत्वपुर्ण कागजपत्र र वृद्धभत्ता होमडेलिभरीको व्यवस्था गरिने छ ।

    १७ आईडिया बैंक
    दक्ष र अदक्ष जनशक्ति, लगानीकर्ता र उद्यमशीलता विशेषज्ञहरुको तथ्याङक संकलन गरी रोजगारी र उद्यमशीलताका अवसरहरु उपलव्ध गराउन सहकार्य गरीने छ ।
    युवाहरुलाई उनीहरुको व्याक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्न करियर परामर्श र कोचिङ उपलब्धता गराईने छ ।

    १८.दक्ष उद्यमशीलता र ईनोभेशन केन्द्र
    स्थानीय जनताको सीप प्रविधिको सुधार गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने छ ।

    १९.नेपाल भाषा, रञ्जना लिपि र नेपाल संवतको प्रर्वद्धन
    स्थानीय भाषा र संस्कृतिको प्रर्वद्धन गर्न स्थानीय एनिमेशन चलचित्रहरु र स्थानीय पात्रहरुको परिचय गराईनेछ ।

    २०.ग्रेटर नेपाःभ्याली काँस्मोपलिटन
    काठमाडौं महानगर वरपरका सवै नगरपालिकालाई एउटै चिनारी नेवाः उपत्यकाका रुपमा प्रर्वद्धन गर्न अन्य सवै नगरपालिकासँग सहकार्य गरिने छ ।

    २१.प्रशासन र व्यवस्थापन
    सबै सरकारी कार्यालय बिहान सुचारु गरिने छ । सबै सरकारी कार्यालयहरुमा सिसिटीभी जडान गरीने छ ।
    सरकारी प्रक्रियाको अनुगमन र फिल्टर गर्न स्थानीय जनतासँग मेयरको मासीक वडा बैठक गराईनेछ ।

    २२.भ्रष्टाचार विरोधी ब्युरो
    भ्रष्टाचार विरोधी साईबर,ब्युरो,अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहकार्य गरिने छ ।
    काठमाडौं महानगरभित्र भ्रष्टाचार विरुद्धको विशेष फोर्स सवै मिली निजी, सार्वजनिक र सरकारी क्षेत्रका लागि तयार पारिने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend