logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • चौकुनेको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    चौकुनेको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    6.5K
    Shares

    सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

    अध्यक्षमा माओवादीका खड्ग विक र उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्तोला निर्वाचित भएका छन् ।

    विकले ५ हजार ४७६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हरि अधिकारीले तीन हजार ४१४ मत पाए । नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार रत्नाकुमारी बिसीले २९१ मत पाइन् ।

    उपाध्यक्षमा निर्वाचित कांग्रेसका बान्तोलाले ४ हजार ७९१ मत ल्याए । नेकपा एमालेकी निर्मला मगरले ३ हजार ९ मत ल्याएर दोस्रो भइन् । २०७४ सालको निर्वाचनमा मगर उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । एकीकृत समाजवादीका नाराप्रसाद देवकोटाले भने ७१५ मत प्राप्त गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend