काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार (आज) प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९५ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ३०० रुपैयाँ कायम भएको भने तेजावी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । बुधबार १ हजार २५० रुपैयाँ कायम भएको चाँदी आज १ हजार २५५ रुपैयाँ कायम भएको छ ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend