logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • युगान्डासँग नेपालको लगातार तेस्रो हार

    युगान्डासँग नेपालको लगातार तेस्रो हार

    5.4K
    Shares

    काठमाडौं । पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्रो हार व्यहोरेको छ ।

    बिहीबार भएको खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो । यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । १०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् । केभिन र जानेटले गरेको ६६ रनको साझेदारी नै युगान्डाको जितको आधार बन्यो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend