logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : चेल्सी लेस्टरसँग रोकियो

    इंग्लिस प्रिमियर लिग : चेल्सी लेस्टरसँग रोकियो

    6.6K
    Shares

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए ।

    चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४ औं मिनेट खेल १–१ को स्थितिमा ल्याए । बराबरिसँगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंकसहित नवौं स्थानमा छ । अर्को खेलमा क्रिष्टल प्यालेससँग २–० ले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जित निकालेर एक खेक बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो ।

    जितसँगै एभर्टन ३७ खेलबाट ३९ अंकसहित १६औं स्थानमा छ । प्यालेस ४५ अंकसहित १३औं स्थानमा छ । एभर्टनको जितसँगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ । अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन् । यसअघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend