logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • काभ्रेको बेथानचोक मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

    काभ्रेको बेथानचोक मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

    5.2K
    Shares

    काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भगवान अधिकारी विजयी भएका छन्। खसेको १० हजार ७ सय ३४ मतमध्ये ६ हजार ०१९ मत ल्याएर अधिकारी विजयी भएका हुन् । नेविसंघको पूर्व केन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्व जिल्ला सभापतिका अधिकारीका निकटतम प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याए।

    उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी तारा राना तिमल्सिना ४ हजार ४९८ मतसहित विजयी भइन् । एमालेकी सरला केसीले ३५७३ मत ल्याइन्। यो गाउँपालिका काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्छ ।

    एमाले नेतागोकुल बाँस्कोटाको निर्वाचित रहेको बेथानचोक गाउँपालिकाका ३२ मध्ये एमालेले एउटा मात्रै वडा सदस्य जितेको छ । वडा ३ मा एमालेले एउटा सदस्य जिते पनि वडाध्यक्ष र तीन सदस्य काँग्रेसले जित्यो। १,२, ४ र ६ मा काँग्रेसको प्यानलै विजयी भएको छ। त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए। यस वडामा काँग्रेसका दुई तथा स्वतन्त्रबाट दुईजना सदस्य निर्वाचित भए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend