logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पनौती नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी विजयी, उममेयरमा एमालेको जित

    पनौती नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी विजयी, उममेयरमा एमालेको जित

    5.7K
    Shares
    पनौती नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी विजयी, उममेयरमा एमालेको जित

    काभ्रे । एमालेको बलियो प्रभाव मानिने काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राम शरण भण्डारी विजयी भएका छन् । भण्डारीले एमालेका मेयर उम्मेदवार भीम न्यौपानेलाई २ हजार २६७ मत अन्तरले हराए ।

    कुल कसेको मतमा भण्डारीले १४ हजार ५० र न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे ।

    यस्तै, उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी भइन् । बन्जाराले नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईंलाई पराजित गरिन् । बन्जाराले १२ हजार ३३७ मत प्राप्त गरिन् भने हुमागाईंको पक्षमा १० हजार ३८८ मत पर्यो ।

    नेपाली कांग्रेसले १, ५, ९ र १० गरी चार वटा वडा जितेको छ । एमालेले २, ३, ४, ६, ७, ८ र ११ गरी सातवटा वडा जितेको छ । १२ नम्बर वडा नेकपा एकीकृत समाजवादीले जितेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend