logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • मोरङको ग्रामथानमा कांग्रेस, उर्लाबारीमा एमाले विजयी

    मोरङको ग्रामथानमा कांग्रेस, उर्लाबारीमा एमाले विजयी

    4.6K
    Shares

    मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस तथा उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

    ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार ६०५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गरे ।

    उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु ६ हजार १२३ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुखनीकुमारी माझीले पाँच हजार ४४८ मत प्राप्त गरीन् ।

    सात वडा रहेको यस पालिकामा पाँचमा एमाले तथा एक÷एकमा कांग्रेस र माओवादी केन्द्र विजयी भएका छन् ।

    उर्लाबारीमा एमाले

    उर्लाबारी नगरपालिकाको प्रमुखमा एमालेका गङ्गाप्रसाद खरेल १२ हजार १५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले १० हजार २९० मत प्राप्त गरे ।

    उपप्रमुखमा एमालेकी मीनाकुमारी खतिवडा १० हजार ७२८ मत प्राप्त गरी विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गरेकी थिइन् ।

    नौ वडा रहेको उर्लाबारीमा पाँचमा एमाले र चारमा कांग्रेस विजयी भएको छ । मोरङमा ६ स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend