logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • पाँच दलीय गठबन्धनका साझा उमेद्वारको जमानत जफत

    पाँच दलीय गठबन्धनका साझा उमेद्वारको जमानत जफत

    7.5K
    Shares
    पाँच दलीय गठबन्धनका साझा उमेद्वारको जमानत जफत

    काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उमेद्वारको जमानत जफत भएको छ। धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका दयासागर श्रेष्ठको जमानत जफत भएको हो।

    पाँच दलीय गठबन्धनको साझा उमेद्वार बनेका एकीकृत समाजवादीका नेता श्रेष्ठले जम्मा १७८३ मत पाएका थिए। जमानत जोगाउन उमेद्वारले आफ्नो क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेको छ तर उनले त्यो पुर्याउन सकेनन ।

    धुलिखेल नगरपालिकामा एमालेका अशोककुमार ब्याञ्जु मेयरमा बिजयी भएका छन्। उनले ८ हजार ३४९ मतसहित मेयरमा विजयी हुन्। उनका निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले ७ हजार ४०९ मत प्राप्त गरेका छन् । नेता बस्नेतले जेब्रा चुनाव चिन्ह सहित मैदानमा थिए।

    ब्याञ्जु धुलिखेलका निवर्तमान मेयर समेत हुन्। उनका प्रतिस्पर्धी बस्नेत नेपाली कांग्रेस धुलिखेलका नगर सभापति हुन् । गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए ।

    उपमेयरमा भने गठबन्धनबाट कांग्रेस उम्मेदवार निराजन जंगमले ७ हजार ९१० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लालतारा अधिकारी ७ हजार ७९० मत पाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend