logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • हेटौंडामा गठबन्धनको लामा र बानियाँको जित निश्चित

    हेटौंडामा गठबन्धनको लामा र बानियाँको जित निश्चित

    6.7K
    Shares

    हेटौँडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ । मेयर पदमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी नजिक पुगेकी छिन् ।

    त्यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयउन्मुख छन् । हेटौंडा ११ नम्बर वडाको केही मत गन्न बाँकी रहेको छ । गणना बाँकीमत भन्दा बढी मतान्तर भएकाले लामा र बानियाँ विजयउन्मुख देखिएका हुन् ।

    नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल र उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले दुवै जनालाई मत गणना स्थलमै गएर बधाई दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend