logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मत परिणाम सार्वजनिक नगरेको भन्दै माओवादीद्वारा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

    मत परिणाम सार्वजनिक नगरेको भन्दै माओवादीद्वारा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

    4.8K
    Shares

    काठमाडौं । सिरहाको मिर्चैया नगरपालिकामा मतगणना सम्पन्न भएको ६ घण्टा भन्दा बढी समय बितिसक्दा पनि निर्वाचित उम्मेदवारको नाम घोषणा गर्न निर्वाचन अधिकृतको कार्यालयले आलटाल गरेको भन्दै नेकपा माओवादी केन्द्रले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।

    अन्तिम मत परिणाम अनुसार माओवादीका मिर्चैया नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा श्रवण कुमार यादव र उप प्रमुखमा जिवछी देवी साह पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । तर निर्वाचन अधिकृतले आलटाल गरेपछि सडक जाम गरेको मधेस प्रदेशका प्रदेश सांसद जगतप्रसाद यादवले जानकारी दिए ।

    माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाइमा निर्वाचन अधिकृत, स्थानीय प्रहरी प्रशासन विरुद्ध पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । प्रदेश सांसद जगतप्रसाद यादवले गृहमन्त्री पत्नीको निर्देशनमा प्रहरी प्रशासन र निर्वाचन अधिकृतको मिलेमतोमा मत परिणाम सार्वजनिक गर्न चलखेल गरिरहेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend