logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • राजस्थान प्लेअफ पुग्ने तेस्रो टोली

    राजस्थान प्लेअफ पुग्ने तेस्रो टोली

    5.8K
    Shares

    काठमाडौँ । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ ।

    शुक्रबार राति चेन्नईले दिएको १५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे । राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाए । चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिए ।

    यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १५० रन जोड्यो । चेन्नईका मोइन अलिले सर्वाधिक ९३ रनको इनिङ खेले । राजस्थानका युजभेन्द्र चाहल र ओबेड म्याककोएले समान २ विकेट लिए ।

    जितसँगै राजस्थान १४ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई १४ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ । यस अघि प्लेअफमा लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स पुगिसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend