logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क २ हजार बढी मतले अगाडि

    धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क २ हजार बढी मतले अगाडि

    5.4K
    Shares

    धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् ।

    शनिबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार उनले १३ हजार ६३१ मत पाएका छन् । उनी कांग्रेसका उम्मेदवारभन्दा २ हजार ६४ मतले र एमालेका उम्मेदवार भन्दा ४ हजार १८८ मत अन्तरले अगाडि छन् ।

    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार ४४३ मत परेको छ ।

    यसैगरी उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाको अग्रता छ । बेघाले १३ हजार ६६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १२ हजार ७५४ मत पाएका छन् ।

    अहिलेसम्म ४३ हजार ५२२ मत गणना भइसकेको छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२,१ ४, १८ र १९ को मत गणना सकिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend