logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • जीपको ठक्करबाट दुई जनाको मृत्यु

    जीपको ठक्करबाट दुई जनाको मृत्यु

    4.3K
    Shares

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।

    महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका बमद्धयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।जीप र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको बताउँदै प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend