logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • सप्तरीको बोदेबर्साइन नगरपालिकामा जसपा विजयी

    सप्तरीको बोदेबर्साइन नगरपालिकामा जसपा विजयी

    1.5K
    SHARES
    सप्तरीको बोदेबर्साइन नगरपालिकामा जसपा विजयी

    सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार आतेश कुमार सिंह यादव निर्वाचित भएका छन् । उनी ५ हजार ६ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।



    उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपेन्द्र कुमार यादवले ५ हजार २ सय ८० मत प्राप्त गरे । योसँगै जिल्लामै दोस्रो पटक मेयर पदमा निर्वाचित आतेश कुमार पहिलो हुन् ।

    यसैगरी उपमेयरमा जसपाका रेणु कुमारी साह ५ हजार १५४ मत ल्याई निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुनिता कुमारी साहले ४ हजार ९३६ मत प्राप्त गरिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend