logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्छु’

    ‘सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्छु’

    4.6K
    Shares

    काठमाडौं । टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका छन् ।

    दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएसँगै शुक्रबार साँझ पदभार ग्रहण गर्दै उनले विगतको कार्यकालमा बाँकी रहेका विकासका काम पूरा गर्दै सबै राजनीतिक दल र जनतालाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताए ।

    “टोखा धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको नगरपालिको हो, यसको विकासका लागि म निरन्तर लाग्नेछु”, उनले भने उनले विगतको कार्यकालमा भत्केका बाटो कालोपत्रे, शुद्ध खानेपानीको व्यवस्था मिलाउन नसकेको भन्दै आगामी कार्यकालयमा उक्त काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    “विगतको कार्यकालमा ऐन, नीति नियम निर्माणमा अधिकांश समय बित्यो, विकासको जग बसालेका छौँ, त्यसलाई पूरा गर्न अब हामी एकजुट भएर लाग्नेछौँ”, उनले भने । आगामी पाँच वर्षमा टोखा नगरपालिकाले ठूलो विकास गर्ने उहाँको भनाइ थियो । नगरप्रमुख अधिकारीले सबै क्षेत्रका अभियन्ताको राय, सुझाव र सल्लाहमा आगामी वर्षको बजेट निर्माण गर्ने बताए ।

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख अधिकारीले नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापालाई १७४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी थापाले १० हजार १६६ मत प्राप्त गरेका थिए ।

    यस्तै उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भए । विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गरेका थिए ।

    कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend