logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • यो साता कतिले बढ्यो सुनको मूल्य ?

    यो साता कतिले बढ्यो सुनको मूल्य ?

    5.6K
    Shares

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले साताभरमा आइतबारको तुलनामा शुक्रबारसम्ममा मूल्य बढेको जानकारी दिएको हो ।

    आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन शुक्रबारसम्म आइपुग्दा ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यसबीचमा तेजाबी सुनको मूल्य पनि तोलामा ८०० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

    सोमबार सार्वजनिक बिदा भएकाले कारोबार नभएको सुनको मूल्य मंगलबार २०० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार ९०० रुपैयाँले घटेको थियो भने बिहीबार ५०० रुपैयाँ र १०० रुपैयाँ बढेको थियो । यससँगै, यो साता समग्रमा सुनको मूल्य ८०० रुपैयाँ उकालो लागेको हो ।

    यस्तै, यो साता चाँदीको मूल्य पनि बढेको छ । साताका ५ कारोबार दिनमा प्रतितोला ३० रुपैयाँले चाँदीको मूल्य बढेको महासंघले जानकारी दिएको छ । आइतबार तोलामा १२ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १२ सय ७० रुपैयाँ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend