logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • महिला टी–२० शृङखला: नेपालले युगान्डालाई दियो १ सय २४ रनको लक्ष्य

    महिला टी–२० शृङखला: नेपालले युगान्डालाई दियो १ सय २४ रनको लक्ष्य

    6.2K
    Shares

     

    काठमाडौं । ओपनर ज्योती पाण्डेको उत्कृष्ट ब्याटिङमा नेपाली महिला क्रिकेट टिमले युगाण्डालाई १ सय २४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले महिला टी–२० शृङखलाको अन्तिम खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रनको योगफत तयार गर्यो ।

    नेपालका लागि ज्योती पाण्डेले उत्कृष्ट प्रदर्शन गरिन् । उनी सर्वाधिक ४९ रनको उत्कृष्ट इनिङ खेल्दै घरेलु मैदानमा पहिलो अर्धसतक बनाउने महिला खेलाडी बन्ने इतिहास रच्न चुकिन् ।

    अर्कि ओपनर सिता राना मगर १७ रनमा पभेलियन फर्किइन् । चौथो नम्बरमा क्रिजमा आएकी ब्याटर कविता जोशीले १८ रनको अविजित इनिङ खेलिन् । कविताले १५ बलमा २ चौका र एक छक्का प्रहार गरिन् ।

    अप्सरी वेगमले ११ रन जोडिन् । युगान्डाको वलिङमा कोनकी अवेको र फियोना कुलुमे ले समान एक विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend