logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अन्तिम ट्वान्टी–२० शृंखला: युगान्डाबिरुद्ध नेपालको सहज जित

    अन्तिम ट्वान्टी–२० शृंखला: युगान्डाबिरुद्ध नेपालको सहज जित

    5.4K
    Shares

     

    काठमाडौं । युगान्डासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल नेपालले जितेको छ । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा नेपालले युगान्डालाई ३३ रनले हराएको हो ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । ६१ बल सामना गरेकी उनले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले १८ रन बनाउँदा सीता राना मगरले १७ रनको योगदान दिइन् । त्यस्तै नेपाललाई युगान्डाले अतिरिक्त २० रन दिएको थियो ।

    युगान्डाका लागि कोन्सी अवेको र फियोना कुलुमेले १र१ विकेट लिएका थिए भने ४ जना नेपाली ब्याट्सवुमेन रनआउट भएका थिए ।

    १२४ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको युगान्डा २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन् । त्यस्तै ओपनिङ ब्याट्सवुमेन केभिन अविनोले १५ रन बनाइन् । अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

    नेपालका लागि सीता राना मगर र इन्दु वर्माले २र२ विकेट लिए । त्यस्तै अस्मिना कर्माचार्य र हिरनमायी रोयले १र१ विकेट लिए ।

    पहिलो तीन खेल नै हारेर शृंखला गुमाइसकेको नेपालले शुक्रबार चौथो खेलमा युगान्डामाथि १५ रनको विजय नतिजा निकालेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend