logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • कञ्चनपुरको कृष्णपुरमा मेयर र उपमेयरमा कांग्रेस विजयी

    कञ्चनपुरको कृष्णपुरमा मेयर र उपमेयरमा कांग्रेस विजयी

    3.2K
    Shares

    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा द्रोपती राना विजयी भएका हुन् ।

    मेयरमा निर्वाचित ओझाले १० हजार ४३४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत ल्याएर दोस्रो भए । नेकपा एमालेका लोकेन्द्रप्रसाद पन्तले ६ हजार ६ सय ७४ मत ल्याएर तेस्रो हुँदा नेकपा एकीकृत समाजवादीका सुरेन्द्रबहादुर बलमे ६ सय ७५ मत मात्रै प्राप्त गरे ।

    उपमेयरमा निर्वाचित कांग्रेसकी रानाले ९ हजार ६७५ मत ल्याइन् । नेकपा एमालेकी रमिता रानाले ७ हजार ३ सय १६ मत ल्याउँदा माओवादीकी गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend