कञ्चनपुर । कञ्चपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी कल्पना पन्त विजयी भएका हुन् ।
मेयरमा महराले ६ हजार ७७३ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका चिन्तामणि भट्टले ६ हजार २६४ मत प्राप्त गरेका छन् । महराले भट्टलाई ५०९ मतान्तरले पराजित गरेका हुन् ।
नेकपा माओवादी केन्द्र र समाजवादीका तर्फबाट मेयरका उम्मेदवार बनेका नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरेका थिए । यस्तै उपमेयरमा निर्वाचित कांग्रेसकी पन्तले ६ हजार ५१९ मत प्राप्त गरेर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माधव पन्तले ५ हजार ३६० मत प्राप्त गरेका छन् ।