logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • काठमाडौंमा बालेन शाह र सुनिता डंगोलको अग्रता कायमै, अरु कसले कति मत पाए ?

    काठमाडौंमा बालेन शाह र सुनिता डंगोलको अग्रता कायमै, अरु कसले कति मत पाए ?

    9.2K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकामा हालसम्म १ लाख १६ हजार ८८५ मत गणना भएका छन् । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४१ हजार २७९ मत ल्याएर अग्रता कायमै राखेका छन्।

    उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ८५५ मत ल्याएकी छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत ल्याउँदा राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले १ हजार ७९६ मत ल्याएका छन्।

    उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३८ हजार ३५१ मतका साथ अग्रता कायम राख्दा उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत प्राप्त गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend