logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • जहाँ ओलीको भाषण, त्यहीँ हार

    जहाँ ओलीको भाषण, त्यहीँ हार

    6.2K
    Shares

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई पेल्न भाषण गर्दा सबै मिलेर ती ठाउँमा एमालेलाई पराजित गरेका हुन्।

    स्थानीय तहको निर्वाचन एकै दिन चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गरेका थिए। उनले भाषण गरेको केही जिल्लाका स्थानीय तहमा एमालेको प्रमुख जित्न सकेन। चैत १७ गते एमाले अध्यक्ष जुम्ला र कालिकोट पुगेका थिए।

    एमाले अध्यक्ष जुम्ला र कालिकोट पुग्दा ठूलै भीड जम्मा भएको थियो। सायद अरू पार्टीले त्यतिधेरै भीड जम्मा भएको थिएन। तर ती दुवै जिल्लामा एमालेले एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेन। त्यहाँ कांग्रेस, माओवादी र नेकपा एसले पूरै गठबन्धन गरेर एमालेलाई दोस्रो स्थानमा राखे।

    त्यति मात्र होइन एमालेको प्रभाव रहेको बुटवलमा वैशाख २५ गते गएर भाषण गरेका थिए। त्यहाँ गठबन्धन दलका तर्फबाट पनि सभा गरिएको थिए। तर ओलीले एमालेको पकड रहेकै बुटवलमा पुगेर भाषण गरे पनि २५ वर्षपछि कांग्रेसका खेलराज पाण्डेयले जित हाँसिल गरे। उनले ३० हजार २सय ४९ मत ल्याए भने एमालेका बाबुराम भट्टराई २२ हजार मत ल्याएका थिए। त्यहाँ एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको क्षेत्र हो। त्यसैगरी रूपन्देहीको सैनामैना नगरपालिकामा पनि कांग्रेसले जित हासिल गरेको छ। वुटवल र सैनामैना पनि एमालेविरुद्ध सबै पार्टीको गठबन्धन भएको थियो।

    त्यसैगरी वैशाख १८ गते एमाले अध्यक्ष मकवानपुरको हेटौंडा पुगेर भाषण गरेका थिए। त्यहाँ उनले नेकपा एमालेबाहेक अन्य कसैले पनि नजित्ने जनाएका थिए। हेटौंडा उपमहानगरपालिका २०४९ सालदेखि एमालेले जित्दै आएको थियो। त्यहाँ यसपल्ट एमालेबाट विभाजित भएको नेकपा एस पार्टीले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको छ।

    एस पार्टीकी मिना लामा र कांग्रेसका राजेश बानियाँले जीत हाँसिल गरेका छन्। लामा बागमती प्रदेशको उपमहानगरपालिकामा पहिलो मेयर हुन्। लामा यसअघि एमालेको तर्फबाट उपमेयर थिइन्। उनी एमाले विभाजन भएपछि एसतिर लागेकी थिइन्।

    वैशाख २७ गते एमाले अध्यक्ष ओलीले आफ्नै गृहजिल्ला भद्रपुरमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ पनि एमालले पराजय भोग्यो। वैशाख २७ गते नै एमाले अध्यक्ष झापाको दमकमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ सबै पार्टी मिलेर एमालेलाई हराइदिए। त्यहाँ राप्रपाका राम थापाले जीत हासिल गरेका थिए। वैशाख २६ गते एमाले अध्यक्ष ओलीले पोखरा, ललितपुर र कीर्तिपुरमा सम्बोधन गरेका थिए।

    कीर्तिपुरमा कांग्रेसले जीत हासिल गरिसकेको छ भने ललितपुरमा एमालेभन्दा कांग्रेस धेरै मतले अगाडि रहेको छ। त्यस्तै पोखरामा एमाले विरुद्ध गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्य अगाडि रहेका छन्। त्यहाँ पनि एमालेको पराजय निश्चित जस्तै देखिएको छ। त्यसैगरी वैशाख २५ गते भरतपुर पुगेर ओलीले आफ्ना नेता कार्यकर्तालाई सम्बोधन गरेका थिए। धेरै समय नेकपा माओवादीविरुद्ध अभिव्यक्ति दिएका ओलीले भरतपुरका जनतालाई एमालेलाई मत दिन आग्रह गरेका थिए।

    त्यहाँ एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसको गठबन्धन बनेको थियो। एमालेले पनि राप्रपासँग गठबन्धन गरेर अघि बढे पनि गठबन्धनको तर्फबाट रेणु दाहालको अग्रता कायमै रहेको छ। भरतपुरमा पनि एमालेले पराजय करिब निश्चित जस्तै बनेको छ। त्यस्तै वैशाख २२ गते कैलालीको धनगढीमा पनि ओलीले भाषण गरेका थिए। त्यहाँ स्वतन्त्रबाट गोपाल हमालले जीत हासिल गरेका थिए।

    वैशाख २७ गते काठमाडौंको भृकुटी मण्डपमा ओलीले काठमाडौंवासी एमालेको पक्षमा रहेको दाबी गरेका थिए। एमालेले काठमाडौंको सवै नगरपालिका जित्ने दाबी गरेका थिए। तर दुई वटा नगरपालिका बाहेक अन्य ठाउँमा एमाले हारेको अवस्था छ। काठमाडौ महानगरपालिकामा एमालेका उम्मेदवार केशव स्थापित निकै पछाडि रहेका छन्। धरान, इटहरीमा पनि ओलीले भाषण गरेका थिए। धरानमा स्वतन्त्रबाट हर्क साम्पाङले जित हाँसिल गरेका छन् भने इटहरीमा कांग्रेसले जित हाँसिल गरेका छ। त्यहाँ एमालेले उपमेयर जितेको छ।

    २७ गते झापा मेची पुगेका ओलीले एमालेलाई मत दिन आग्रह गरेका थिए। त्यहाँ कांग्रेसका गणेश पोखरेल १२ हजार ५ सय २५ मत ल्याएर जितेका छन्। त्यही मेची नगरमा भाषण गरेका ओलीले सो नगरलाई चाहिँ जिताएका छन्। त्यस्तै इलामको माई नगरपालिका पनि एमालेका अम्बासिंह लिम्बु ८ हजार एक सय ३२ मत ल्याएर जितेको थिए। त्यहाँ माओवादीलाई हराएका थिए।

    मोरङको सुन्दर हरैंचा नगरपालिकामा कांग्रेस शिवप्रसाद ढकाल १७ हजार ६ सय ८० ल्याएर जितेका छन्। स्थानीय निर्वाचनको बेला अन्य नेताहरू भन्दा बढी एमाले अध्यक्ष ओलीको दौडधुप गरेका थिए। सोलुखुम्बुमा पनि पुगेर ओलीले भाषण गरेका थिए। दूधकुण्ड नगरपालिको मेयरमा एमाले अध्यक्ष ओलीले पार्टीमा ल्याएका आङ काजी शेर्पालाई टिकट दिइएको थियो। तर उनले पराजय भोगे। त्यहाँ कांग्रेसले एकलौटी रूपमा चुनाव जितेको छ।

    त्यसैगरी सोलुमा अघिल्लो पटक चारवटा स्थानीय तह जितेको एमालेले यसपटक दुई वटामा खुम्चिएको छ। त्यसैगरी चैत र वैशाखमा दुई पटक विरगन्ज पुगेका ओलीले पर्साका जनताले एमालेलाई जिताउने उद्घोष गरेर आएका थिए। तर वीरगन्ज नगरपालिकामा एमालेका विजय सरावागीको पराजय निश्चित जस्तै भएको छ। एमालेका नेताहरूको भनाइमा पनि ओली जहाँ पुगे त्यहाँ सत्ता गढबन्धनले एमाले हराउने अभियान नै थालेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend