logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • कञ्चनपुरको भीमदत्त नगरपालिकामा काँग्रेस विजयी

    कञ्चनपुरको भीमदत्त नगरपालिकामा काँग्रेस विजयी

    3.7K
    Shares

    काठमाडौ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार पदम बोगटी मेयरमा र निलम लेखक (जोशी) उपमेयरमा निर्वाचित भएका हुन् । बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेशप्रसाद पन्तले ८ हजार १ सय ४९ मत पाएका छन् ।

    राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ ल्याउँदा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार ४५२ मत पाएका छन् ।

    यस्तै उपमेयरमा निर्वाचित जोशीले १२ हजार २ सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत पाए । एमालेकी भुवन कुँवरले ७ हजार ९ सय ९० मत पाइन् । गत चुनावमा मेयर जितेको एमालेले यसपटक गुमाएको छ ।

    भीमदत्तमा काँग्रेस र एमालेले एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए भने माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । काँग्रेस नेता रमेश लेखकको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्तमा काँग्रेसकै बोगटीले बाजी मारेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend