logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पोखरा महानगर प्रमुखमा गठबन्धनको अग्रता

    पोखरा महानगर प्रमुखमा गठबन्धनको अग्रता

    3.8K
    Shares

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

    हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता कायम राखोका छन् ।

    उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छन् ।

    महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend