logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    भरतपुरमा रेनु दाहाल र चित्रसेन अधिकारी जित नजिक

    भरतपुरमा रेनु दाहाल र चित्रसेन अधिकारी जित नजिक

    6.1K
    Shares
    भरतपुरमा रेनु दाहाल र चित्रसेन अधिकारी जित नजिक

    काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।

    मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ हजार २२५ मत गणना भइसकेको छ ।

    प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् । प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्यएका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत ल्याएका छन् । उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याए ।

    प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगेका हुन् । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९ वडा छन् । यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ । महानगरपालिकामा जित नजिक पुगेकी दाहाल यसअघिको महानगरको प्रमुख थिइन् । उनलाई पाँच दलीय गठबन्धनको सहयोग रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend