logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

    तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

    4.6K
    Shares

    दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतले अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरे ।

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेका उम्मेदवार स्यानी चौधरी १६ हजार ७९ मत प्राप्त गर्दै अग्र स्थानमा छिन् ।
    गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले ११ हजार ४४५ मत ल्याएका छन् ।

    यसैबीच वडा नं १० मा एमालेका यमराज केसी एक हजार ८७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका धु्रवहादुर शाहले एक हजार २३ मत प्राप्त गरे । अहिलेसम्म तुलसीपुरका १० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । हाल तुलसीपुर ११ र १२ को मतगणना जारी छ ।

    तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ ले मतदान गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend