logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप

    महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप

    1.2K
    SHARES

    काठमाडौं । महागढीमाई नगरपालिकामा काँग्रेसको विजय जुलुस निकाल्ने क्रममा झडप भएको छ । महागढीमाई नगरपालिका २ स्थित ईनर्वाटोलमा झडप भएको हो । काँग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो ।



    जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको जिल्ला प्रहरी बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

    स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रु ग्यास फायर गरिएको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया लगिएको उनले बताए । झडपमा प्रहरी सहायक निरीक्षक मनोज साहसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend