logo

२०८० चैत्र १७ शनिबार

logo
  • शनिबार, १७ चैत्र २०८०
  • १२१ यात्रु बाेकेकाे जजिराकाे विमान चरासँग ठोक्कियाे, भैरहवामा होल्ड

    १२१ यात्रु बाेकेकाे जजिराकाे विमान चरासँग ठोक्कियाे, भैरहवामा होल्ड

    4.7K
    Shares
    १२१ यात्रु बाेकेकाे जजिराकाे विमान चरासँग ठोक्कियाे, भैरहवामा होल्ड

    भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएको छ ।

    सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोक्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ । हाल विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारकाे हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याइएको हो । विमान अवतरण गरेपछि चरासँग ठोक्किएको थियो ।

    विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाईलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन । तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।’

    एयरलाइन्सका ईन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठदेखि जजिरा एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend