logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नेप्से परिसूचक ३४.२१ अंकले घट्यो

    नेप्से परिसूचक ३४.२१ अंकले घट्यो

    6.2K
    Shares

    काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार सेयर बजार ३४.२१ अंकले घटेर २ हजार २००.०० विन्दुमा रोकिएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय २१ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

    सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन्। यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था र वेन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend