logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपाली फिल्म क्षेत्रलाई राहत दिन २ प्रतिशत कर मिनाहा गर्छु: बालेन शाह

    नेपाली फिल्म क्षेत्रलाई राहत दिन २ प्रतिशत कर मिनाहा गर्छु: बालेन शाह

    8.3K
    Shares
    नेपाली फिल्म क्षेत्रलाई राहत दिन २ प्रतिशत कर मिनाहा गर्छु: बालेन शाह

     

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन साह सोमबार राष्ट्रिय सभागृहको मतगणना स्थलबाट फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका छन् । उनले फिल्मलाई शुभकामना समेत दिए ।

    नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउँदै बालेनले विदेशमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्राफ्ट निर्माण गर्नुपर्ने बताए । फिल्मका दुई मुख्य कलाकार स्वस्तिमा खड्का र अर्पण थापाको उनले प्रशंसा गरे ।

    ‘हामी पहिल्यैदेखि नै अर्पण दाइका फिल्म हेरेर यहाँसम्म आइपुगेका हौं । उहाँका सबै फिल्म राम्रो लाग्छ । स्वस्तिमाको अभिनयको पनि म प्रशंसक हुँ,’ बालेनले भने ।

    यदि बालेन मेयर निर्वाचित भएमा दाहालले नेपाली फिल्मलाई लगाउँदै आएको ५ प्रतिशत स्थानीय कर मिनाहा गर्न आग्रह गरे । बालेनले कोरोना प्रभावित नेपाली फिल्म क्षेत्रलाई राहत दिन आफू मेयर भए महानगरले एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend