logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ५ वर्षमा भरतपुरको बेरोजगारी समस्या अन्त्य गर्छु : रेनु दाहाल

    ५ वर्षमा भरतपुरको बेरोजगारी समस्या अन्त्य गर्छु : रेनु दाहाल

    3.9K
    Shares

    काठमाडौं । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेणु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गरेकी छन् । भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले अब शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने बताईन् ।

    उनले अबको पाँच वर्षमा भरतपुर महानगरपालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको विकास गरेर रोजगारी प्रवद्र्धन गर्नेकुरालाई विशेष प्राथमिकतामा राखेको बताईन् ।
    मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माणलाई अघि बढाउने पनि उद्घोष गरिन् ।

    उनले भरतपुर महानगरपालिकालाई देशकै हेर्न र गर्व गर्न नमूना स्मार्ट सिटिको संकल्प पूरा गर्ने, गौरवका आयोजनाहरु जस्तैः सिटी हल, प्रशासनिक भवन, ५ अर्ब बराबरको नारायणी तटबन्ध, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरिय रिङ रोडको योजनालाई सम्पन्न गर्ने कुरा पहिलो प्राथमिकतामा राख्ने बताईन् ।

    मेयर दाहालले गत कार्यकालमा बाँकी रहेका कामहरुलाई यो कार्यकालमा पूरा गर्ने लक्ष्य राखेको पनि बताईन् । उनले भरतपुरका बाँकी काम पूरा गरेर जनतालाई निराशा हुन नदिने बताईन् । ‘हामीले सोचेको भन्दा राम्रो मत तथा नतिजा प्राप्त गरेका छौं । सम्पूर्ण महानगरवासीलाई मनैदेखि आभार व्यक्त गर्न चाहन्छु । पहिलो कार्यकालमा जनताको मन जितेर भावना÷अपेक्षा अनुसार काम गर्ने कोशिस गरेँ । आफ्नो बलबुता क्षमता वा तागतले भ्याएसम्मको मैले कोशिस गरेँ । म एउटा परीक्षण पार गरेर आएको छु । दोस्रो कार्यकालको लागि पनि विगतका अधुरा कामहरु र जनताले अपेक्षा गरे अनुरुप सकेको मैले कोशिस गर्नेछु ।’ उनले भनिन् ।

    मेयर दाहालले सोचेको भन्दा राम्रो मत परिणाम आएकोले जनताको चाहनाअनुसार जनताकै लागि काम गर्ने प्रतिवद्धतासमेत जनाईन् । ३ हजारदेखि ७ हजारसम्मको मतान्तरले आफू विजयी हुने आश रहेपनि त्यो भन्दा बढी मतान्तरले विजयी हुनु अघिल्लो कार्यकालमा गरेको उपलब्धिको परिणाम भएको उनको भनाई छ ।

    गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिकालाई विशेष चासो र महत्वका साथ हेरिएको थियो । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की नेतृृ दाहालले उम्मेदवारी दिँदा नेकपा एमालेबाट विजय सुवेदीले उम्मेदवारी दिएका थिए । त्यस्तै नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    निर्वाचनको मत परिणाम अनुसार दाहालले ५२ हजार ३० मत पाउनुभएको थियो भने उनका प्रतिष्पर्धी सुवेदीले ३९ हजार ५८१ मत पाएका थिए । दुईजना बीचको मतान्तर १२ हजार ४४९ छ । त्यस्तै स्वतन्त्र उम्मेदवार पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका थिए । उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend