logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मानिस ठूलो दिलले हुन्छ फिल्म बन्ने, यस्तो छ तयारी

    मानिस ठूलो दिलले हुन्छ फिल्म बन्ने, यस्तो छ तयारी

    7.5K
    Shares

     

    काठमाडौं । मानिस ठूलो दिलले हुन्छ नामक गीति चलचित्र निर्माण हुने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माण गर्ने जानकारी गराइएको हो ।

    फिल्म सौरपानी मिडिया प्रा.लि.ले बनाउन लागेको हो । कार्यक्रममा बोल्दै प्रोड्युसर मनु नेपाली पनेरुले फिल्ममा बच्चादेखि नै भिन्न जातीका दुईजना बालबालिका एक आपसमा धेरै नजिक हुने र पछि छुट्ने तर एक दोहोरीमा अचानक भेट हुने सुखद् कहानी रहेको बताए । उनले यो गीति फिल्म मुनामदनबाट प्रेरित भएको तर मुनमदनका कथावस्तुहरु नरहने पनि बताए ।

    कबड्डी ४ आउँदो शुक्रवारबाट

    कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आउँदो शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कबड्डी ४ को बारेमा जानकारी गराइएको हो । फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ । नेपाली चलचित्रको सोमवबारबाट नै बुकिङ खुला भएको यो पहिलोपटक हो ।

    कार्यक्रममा नायक दयाहाङ राईले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने बताउनु भयो । उहाँले कबड्डी एकदेखि ४ सम्म आईपुग्दा काजीको जीवन कसरी चलिरहेको छ भन्ने कुरा फिल्ममा आफ्नो पात्रको अभिनय रहेको बताए । उनले कबड्डी ४ विशेष हुने पनि बताए । त्यस्तै नायक सौगात मल्लले कबड्डी ४ सिरिजको फाइनल म्याच भएकोले के हुन्छ भन्ने नै मुख्य भाग रहेको बताए । त्यस्तै नव नायिका मिरुना मगरले आफ्नो लागि यो नयाँ भएपनि फिल्ममा कुनै कन्जुस्याइँ नगरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend