logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • क्रिकेट खेलाडीको पारिश्रमिकमा पनि लैगिंक विभेद, पुरुष क्रिकेटरको १० हजार तलब बढ्दा महिलाको भने ६ हजार

    क्रिकेट खेलाडीको पारिश्रमिकमा पनि लैगिंक विभेद, पुरुष क्रिकेटरको १० हजार तलब बढ्दा महिलाको भने ६ हजार

    5.7K
    Shares

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक वृद्धि गरेको छ । मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले वृद्धि गरेको छ ।

    पुरुष क्रिकेटरको मासिक १० हजारका दरले तलव वृद्धि गर्दा क्यानले महिला क्रिकेटरको भने ६ हजार मात्रै वृद्धि गरेको छ ।

    यो सँगै क्यानले नेपाली पुरुष क्रिकेट टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पर्याएको छ । बी र सी ग्रेडका खेलाडीले क्रमसः ५० र ४० हजार रुपैयाँ पाउँछन् । यसअघि सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो । सुरुमा ए बी र सी ग्रेडका खेलाडीले क्रमस ः २५, १५ र १० हजार पारिश्रमिक दिइएको थियो ।

    क्यानले महिला क्रिकटरको पनि पारिश्रमिक बढाएको छ । तर पुरुष क्रिकेटरको तुलनामा महिला क्रिकेटरको वृद्धि अनुपात भने कम छ । क्यानले पुरुष क्रिकेटरको ए ग्रेडका खेलाडीको १० हजारका दरले तलव वृद्धि गर्दा महिला समुहमा ए र बी ग्रेडका खेलाडीको पारिश्रमिक मासिक ६ हजारका दरले मात्रै वृद्धि गरेको छ । सी ग्रेडका खेलाडीको ५ हजारका दरले बढाएको छ ।

    नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमसः १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend