logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • उदयपुरको कटारीमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    उदयपुरको कटारीमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    4K
    Shares

    काठमाडौं । उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका राजेशचन्द्र श्रेष्ठले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६५ मतान्तरले पराजित गर्दै प्रमुखमा विजयी भएका हुन् ।

    श्रेष्ठले ६ हजार ४१७ र बरालले ५ हजार ९५२ मत ल्याएका थिए । एमालेका ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यस्तै उपप्रमुखमा एमालेकी गीता खड्का विजयी भएकी छन् । उनले माओवादीका बिनोद कटुवाललाई पराजित गर्दै विजयी भएकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend