logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    6.2K
    Shares

    विराटनगर । श्रीमतीको हत्या गरी फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठ ६ गते मोरङ जहदा गाउँपालिका– २ बड्की बैरियाकी ३५ वर्षीय गीतादेवी राजभरको हत्या भएको थियो ।

    उनको हत्या आरोपमा प्रहरीले ४३ वर्षीय श्रीमान दिनेशकुमार राजभरलाई पक्राउ गरेको हो । गीतादेवीको मृत्युपछि फरार भएका उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

    घरायसी विवादमा काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend