logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पल शाह पक्षकै कानुन व्यवसायीद्धारा बिहीबार हुने थुनछेक सुनुवाइ स्थगित

    पल शाह पक्षकै कानुन व्यवसायीद्धारा बिहीबार हुने थुनछेक सुनुवाइ स्थगित

    7.2K
    Shares

    काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।

    एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।

    उच्च अदालत पोखराले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त निवेदन दैनिक पेसी सूचीमा राखेको थियो । तर तयारी नपुगेको भन्दै निवेदककै तर्फबाट बिहीबारको पेसी स्थगित गरिएको छ ।

    पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको थियो । उक्त मुद्दामा शाहका म्यानेजर कृष्णप्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिइएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend