logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रिय अनुसन्धानको प्रहरी भन्दै कुटपिट गर्ने प्रक्राउ

    राष्ट्रिय अनुसन्धानको प्रहरी भन्दै कुटपिट गर्ने प्रक्राउ

    8.5K
    Shares

    जाजरकोट । जाजरकोटमा राष्ट्रिय अनुसन्धानको प्रहरी हुँ भन्दै कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ का रमेश केसीलाई कुटपिट गरेको आरोपमा भेरी नगरपालिका–३ का वीरेन्द्र विक, प्रकाश वली र विवश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

    सोमबार राति अन्दाजी ९ बजेको समयमा भेरी नगरपालिका–३ स्याँलास्थित कालेगाउँदेखि रिसाङ जाने कच्ची सडक बाटोमा भेरी नगरपालिका–३ का पटबहादुर विकको २१ वर्षीय छोरा वीरेन्द्र विक, गणेश वलीको २४ वर्षीय छोरा प्रकाश वली र हर्कसिह सुनारको २५ वर्षीय छोरा विवश सुनारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताए ।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का रमेश केसीलाई मोटरसाइकल रोकी हामी राष्ट्रिय अनुसन्धानको सिभिल प्रहरी हो तेरो मोटरसाइकलको कागजजात देखा भनी विभिन्न किसिमका गाली–गलौज गरेर पीडित केसीको शरीर खानतलासी र कुटपिट गरी मोटरसाइकलमा समेत क्षेति पु¥याएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले प्रहरी टोली खटाएको प्रहरीको सूचना शाखाले जानकारी दिएको छ ।

    निज कुटपिट गर्ने व्यक्तिलाई अस्थायी प्रहरी पोस्ट स्याँलाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा १० गते मंगलबार बिहान घरबाटै प्रकाउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान पश्चात् अभद्र व्यवहारसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी प्रमुख निरौलाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend