logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बालेन पत्नीले बधाई दिँदै भनिन्: मेरो बालेनबाट हाम्रो बालेन भएका छौ, गर्वले छाती फुलेको छ

    बालेन पत्नीले बधाई दिँदै भनिन्: मेरो बालेनबाट हाम्रो बालेन भएका छौ, गर्वले छाती फुलेको छ

    9.8K
    Shares
    बालेन पत्नीले बधाई दिँदै भनिन्: मेरो बालेनबाट हाम्रो बालेन भएका छौ, गर्वले छाती फुलेको छ

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन शाहलाई बधाई दिनेको ओइरो छ । जित अघिदेखि नै अत्याधिक चर्चामा रहेका बालेन जित पछि झन चर्चामा रहेका छन् । सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को लागिरहेको छ ।

    त्यस्तै बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ बालेन पत्नी सबिना काफ्लेको पनि छ । जुन बधाईले सबैको ध्यानाकर्षण गरिरहेको छ ।

    सबिनाले फेसबुकमार्फत बधाई दिएकी छन् । उनको यो बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनी लेख्छिन् । ‘‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।

    तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् ! घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ ।

    चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।

    घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend