logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • निजगढ विमानस्थल बनाउने निर्णय बदर गर्ने फैसलाले ठूलो दूरगामी असर पार्छ: बाबुराम भट्टराई

    निजगढ विमानस्थल बनाउने निर्णय बदर गर्ने फैसलाले ठूलो दूरगामी असर पार्छ: बाबुराम भट्टराई

    5.2K
    Shares

     

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले सो विमानस्थलको विकल्प नरहेको तर्क समेत गरे ।

    शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वीरगंजजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोडने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तराष्ट्रिय विमानस्थल हुने भएकाले त्यसलाई रोक्ने काम सर्वोच्चबाट जसरी भएको छ, त्यसले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने अवस्था भएकाले पनि आफू प्रधानमन्त्री भएकाले बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा अघि बढाएको पनि स्मरण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend