logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकायो: ईश्वर पोखरेल

    नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकायो: ईश्वर पोखरेल

    4.4K
    Shares

    काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको बताएका हुन् ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपिजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको टिप्पणी गरे । उनले भने – ‘यो नीति तथा कार्यक्रममा सरकारले परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको चरम अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाजीले भारत भ्रमणका समयमा आफ्ना कुरा उठाउन सक्नुभएन । म लज्जाबोध गर्दछु । त्यहाँ उहाँको लाचारीपूर्ण उपस्थिति मात्रै रह्यो । यो आरोप फत्तुर होइन, एउटा दुर्भाग्यपूर्ण यथार्थ के हो भने हाम्रो प्रधानमन्त्रीजीको उपस्थिति त्यस्तो रह्यो जसमा हामी दुःख व्यक्त गर्न सक्छौँ । नेपाल–भारत दुवै देशका सरकारका प्रतिनिधिहरुको तर्फबाट सहमतीमा तयार गरिएको ईपिजीको अनिश्चित बनाउन खोजिएको प्रतिवेदन तथा नेपालको चुच्चे नक्सा जस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्रीजीले चूँ सम्मपनि गर्नुभएन । यो खेदजनक कुरा थियो ।’

    उहाँले पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको बताए । त्यसैगरी उनले सरकार एक चिन नीतिको विपरित अगाडी बढेको हो ? भन्ने प्रश्न समेत गरे । अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बति शरणार्थीलाई भेट्न दिएको प्रति उनले आपत्ति जनाए । उनले भने– ‘छिमेकी मुलुक चिनको विदेशमन्त्रीको नेपालमा गरिएको औपचारिक भ्रमणका समयमा नेपालका तर्फबाट विगतमा आफैँले सहमती गरेका बिआरआईका बारेमा केही बोलिएन । त्यसप्रति असहमती देखाइयो । पूर्वसहमती तथा समझदारीलाई वेवास्ता गर्ने काम गरियो । यस्तो काम शंका उठ्छ सभामुख महोदय कुनै शक्तिको इशारामा त गरिएको थिएन ? प्रश्न उठेको छ । के अब नेपालले सधैँभरी लिदै आएको एक चिन नीति विपरित आफुलाई अगाडी बढाएको हो ? होइन भने कुनै एउटा मुलुकको सहायकमन्त्रीको भ्रमणका अवसरमा तिब्बती शरणार्थी, ति तिब्बती शरणार्थीको आवरणमा कस्ता गतिविधिहरु प्रोत्साहित हुन्छ हामी सबैलाई थाहा छ, त्यो शिविरमा भेटघाट गर्न अनुमति दिने र त्यो आपत्तिजनक कामका बारेमा जिज्ञासा राखिदा परराष्ट्र मन्त्रालयका प्रवक्ताले आफुहरुलाई थाहा नभएको भनि गैरजिम्मेवार जवाफ दिने काम कसरी गरियो ?’

    उनले एमालेलाई हमला गरेर सिध्याउने र स्थानीय तहको निर्वाचन नगरेर डरलाग्दो रिक्तता सिर्जना गर्ने सत्तारुढ गठबन्धनको योजना असफल भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend