logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • प्रदर्शनकारी : नायिकाले भिक्षुको खुट्टा ढोगेर माफी माग्नुपर्छ (भिडिओसहित)

    प्रदर्शनकारी : नायिकाले भिक्षुको खुट्टा ढोगेर माफी माग्नुपर्छ (भिडिओसहित)

    6.3K
    Shares

    काठमाडौं । शुक्रबारबाट देशभर एकैसाथ प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगर विरुद्धको प्रदर्शनले चलचित्रलाई नै धक्का पुगेको छ । नायिका मिरुना मगरलेगत शनिबार नियतबस् छोएको भन्दै चलचित्र कबड्डी ४ हेर्न आएका एक भिक्षुलाई थप्प्ड हानेर प्रहरीलाई बुझाएकी थिईन् । सो घटना विरुद्ध भिक्षुका समर्थकले चावहिलस्थित एफक्युब मल्टिप्लेक्स अगाडि मंगलबार बिहानैदेखी नायिका मिरुना विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् भने १२ बजेको शो प्रदर्शनमा रोक लगाए ।

    प्रदर्शनकारीले कबड्डी ४ को पोष्टर जलाएका छन् भने नायिकाले भिक्षुको खुट्टा छोएर माफी माग्नुपर्ने माग गरेका छन् । दर्शकले नै गर्दा कलाकार माथि गएको भन्दै कलाकाकरले दर्शकको सम्मान गर्न प्रदर्शनमा आएका एक युवकले नायिकालाई आग्रह गरे ।

    ‘कलाकारले पनि दर्शकलाई ईज्जत गर्नुपर्यो’ उनले भने ‘हामी दर्शकले माया गरेर उहाँ हिरोनी बन्नुभएको हो । कबड्डी १,२,३ जस्तै ४ पनि राम्रो छ भनेर फिल्म हेर्न आउने भिक्षुलाई त्यहि फिल्मको हिरोनीले थप्पड हानेर प्रहरीलाई बुझाउन मिल्छ ? उहाँले भिक्षुलाई हातहालेर नराम्रो गर्नुभयो ।’

    उनले गुम्बामा राम्रो संस्कार पनि सिकाउने भएकाले भिक्षुले नियतबस् कुनै गल्ति गर्न नसक्ने बताए ।
    प्रदर्शनमै आएकी अर्की युवतीले फिल्ममा हिरोले छुँदा मज्जा आउने तर भिडमा छोईदा कसरी हिसां भयो भनी प्रश्न गरिन् ।

    ‘त्यो हिरोनीलाई म के भन्न चाहान्छु भने फिल्ममा हिरोले छुँदा मज्जा आउने रे तर फिल्म हेर्न आएकोले भिडमा छोइदा के को हिसां ?’ उनले भनिन् ।

    प्रदर्शनमा केही अन्य भिक्षुहरु पनि सहभागी भएका छन् । त्यसमध्यका एक जानेर नजानेर जे भएपनि भिक्षुले माफी मागेपछि पनि फेरी प्रहरीलाई बुझाउन नहुने बताए ।

    ‘उहाँले जानेर हो की नजानेर छुनुभयो मलाई थाहा छैन तर भिक्षुले नम्र भएर माफी माग्नुभएको छ । नायिकाले माफी दिनुपर्ने सट्टामा प्रहरीलाई बुझाउनु हुदैनथ्यो । उहाँ भिक्षु काठमाडौं बाहिरबाट आउनुभएको हो । शनीबार हाम्रो गुम्बामा विदा हुन्छ विदामा फिल्म हेर्न आउनुभएको रैछ । उहाँलाई नेपाली भाषा पनि आउदैन । त्यस्तो व्याक्तिलाई नायिका जीले थप्पड हानेर प्रहरीलाई बुझाउनुभयो भन्दा दुःख लाग्यो ।’ उनले भने ।

    हेर्नुहोस् भिडिओ :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend