logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    6K
    Shares

     

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको कारोबार मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै हिजो बुधबारको तुलनामा मूल्य बढेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । जुन, आज ४०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ पुगेको हो ।

    यसैगरी, हिजो बुधबार तोलामा ९६ हजार ७०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज बढेर ९७ हजार १०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । यसका साथै, आज चाँदीको कारोबार मूल्य पनि १५ रुपैयाँले बढेको छ । यससँगै, हिजो बुधबार प्रतितोला १२ सय ५० रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको भाउ आज १२ सय ६५ रुपैयाँ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend