logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महानगरले फोहर नउठाएको विरोधमा टेकुमा स्थानीयको धर्ना

    महानगरले फोहर नउठाएको विरोधमा टेकुमा स्थानीयको धर्ना

    2.7K
    Shares

    काठमाडौं । टेकु संकलन केन्द्रबाट काठमाडौं महानगरपालिकाले फोहोर नउठाएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् । उनीहरुले शुक्रबार बिहानै ४ बजेदेखि अवरोध विरोधस्वरुप धर्ना दिएका छन् । जसले गर्दा टेकुबाट फोहर बोक्ने गाडीको आवतजावतमा समेत बाधा पुगेको छ ।

    अहिले महानगरपालिकाभर फोहर थुप्रिएको छ । सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले फोहर फाल्न नदिएपछि महानगर क्षेत्रका सडक तथा चोक बस्तीबाट फोहर उठाउन सकिएको छैन ।

    त्यस्तै टेकु संकलन केन्द्रमा फोहरमाथि फोहर थुप्रिएपछि स्थानीयले विरोध गरेका हुन् । मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले भने फोहर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न शुक्रबार बिहानै नुवाकोटको बञ्चरेडाँडा पुगेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend