logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौं: प्रशिक्षक टमाटा

    फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौं: प्रशिक्षक टमाटा

    3.1K
    Shares

     

    काठमाडौं । मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपबाट एशियाकप खेल्ने लक्ष्यका साथ यति बेला नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अभ्यासमा ब्यस्त छ । कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा नेपाली टोलीले च्याम्पियनसिपको तयारीलाई तीब्रता दिइरहेको छ । पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गर्दै नेपाली टोली च्याम्पियसिप खेल्ने तयारीमा रहेको हो ।

    नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गर्यो । जहाँबाट १५ खेलाडी च्याम्पियनसिपका लागि योग्य हुनेछन् र अन्तिम टोली घोषणा गर्न बाँकी छ । पछिल्ला पटक सम्पन्न युगाण्डासँगको श्रृंखलापछि नेपाली महिला टोलीले च्याम्पियनसिपकै लागि ब्यस्त रहँदा टोलीले मुख्यत फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ । मुख्य प्रशिक्षक जगत टमाटाले पनि नेपाली टोली फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको बताए । युगाण्डासँगको श्रृंखलापछिको टोलीले निरन्तर अभ्यासमा जोड दिँदा ब्याटिङमा सुधार गरेको र बोर्डमा १ सय २० रन माथि बनाउनसके जुनकुनै टोलीलाई चुनौति दिनसक्ने प्रशिक्षक टमाटाले बताए ।

    उनले भने, ‘युगाण्डासँगको श्रृंखलापछि हामीले अभ्यासलाई निरन्तरता दिइरहेका छौं । फिटनेस र फिल्डिङमा भएको समस्यमा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौं । कभरअप गर्न प्रयास गरिरहेका छौं । साथै स्किलमा पनि काम भइरहेको छ । अहिले सम्मको अभ्यासबाट हामी सकारात्मक छौं । खेलाडीले छनोट हुने लक्ष्यका साथ मिहिनेत गरिरहेका छन् । पाँच पाँच घण्टा सधै अभ्यास गरिरहेका छौं । जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य टिममा रहेको छ । यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्न सकेका छौं । कम्तीमा पनि १ सय २० रन भन्दा माथिको स्कोर छुन सक्यौं भने जतिसुकै बलियो टोलीविरुद्ध चुनौति दिन सक्छौं ।’

    शुनिवार सार्र्वजनिक भएको टोलीमा एपिएफकी रेखा रावललाई प्रशिक्षणमा फर्काइएको छ । यस्तै गण्डकी प्रदेशबाट क्रिकेट खेल्दै आएकी मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा अटाएकी छिन् । ईश्वरी विष्ट र ममता चौधरीलाई पनि प्रशिक्षणमा बोलाइएको छ । केही साताअघि सिनियर टोलीबाट युगा(डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनिन् । मुख्य प्रशिक्षक टमाटाले हिरन्मई टेक्निकल कठिनाईका कारण टोली भन्दा बाहिर राख्नुपरेको र मलेसियामा यु–१९ टी–ट्वान्टी छनोट खेलिरहेकी मनिषालाई अवसर दिइएको जानकारी दिए ।

    उनले भने, ‘यु–१९ को प्रतियोगिता खेलिरहेकी मनिषालाई हिरन्मईको स्थानमा ल्याईएको हो । स्पीनरको स्थानमा स्पीनरलाई अवसर दिइएको हो । हिरन्मई टोलीमा अटाउँदा टोलीमा सन्तुलन थियो, सोही कारण हिरन्मई आवश्यक खेलाडी थियो । च्याम्पियसिपमा सहभागि हुन लागेको टोलीमध्ये पनि नेपाल सम्मिलित समूहमा हङकङ बलियो टोलीको रुपमा रहेको छ । यद्यपि हामीले उत्कृष्ट खेल खेलेर छनोट हुने हो । त्यसका लागि हामीले मिहिनेत गरिरहेका छौं ।’

    एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ दखि २५ सम्म मलेसियमा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतरा र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अन्तर्गत नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह ए मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् ।

    समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिष्पर्धा गर्नेछन् । समूह चरणको प्रतिष्पर्धा पछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला ट्ी–२० एशियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन् । प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानबिरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइन बिरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend