logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर काम गर्छु, राजनैतिक खिचातानी बन्द गरौं: रेनु दाहाल

    यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर काम गर्छु, राजनैतिक खिचातानी बन्द गरौं: रेनु दाहाल

    4.7K
    Shares

     

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आग्रह गरेकी छन् । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

    दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गरिन् । ‘भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु’ मेयर दाहालले भनिन् ।

    जनप्रतिनिधि भई कार्यभार सम्हालेपछि साझा भएर काम गर्नुको विकल्प नरहेको भन्दै उनले सबै नगरबासीहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको बताइन् । ‘विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दामाथि उठेर कामगर्ने संकल्प मैले गरेको छु’ मेयर दाहालले भनिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend