logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन हुदैन: मिन विश्वकर्मा

    बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन हुदैन: मिन विश्वकर्मा

    2K
    Shares

     

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्धाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताएका हुन् ।

    उनले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भएपनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गरे । सांसद विश्वकर्माले यौन हिंसा गम्भिर अपराध भएकाले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन पनि सरकारसँग माग गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend