काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीका लागि कडा नियम लागु गरेको छ । महानगरले हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने भएको छ ।
महानगरले आज एक सुचना जारी गरि निर्धारित समयमा कार्यालयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती हुने जनाएको छ ।
महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा उल्लेख छ ।
विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिँदै अन्यथा असार महिनाको तलब नबन्ने पनि सूचनामा उल्लेख छ ।