काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई बच्चा लिएर आफ्नो घर आउन आग्रह गरेकी छिन् । उनले बिहिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो बताएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’ उनले अन्त्यमा सावित्री सुवेदीलाई पनि धन्यवाद दिएकी छिन् ।