logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • निर्देशक दीपेन्द्र के भन्छन्- चलचित्र ‘चिसो मान्छे’ सुपरहिट हुनेमा ढुक्क छु

    निर्देशक दीपेन्द्र के भन्छन्- चलचित्र ‘चिसो मान्छे’ सुपरहिट हुनेमा ढुक्क छु

    7.8K
    Shares
    निर्देशक दीपेन्द्र के भन्छन्- चलचित्र ‘चिसो मान्छे’ सुपरहिट हुनेमा ढुक्क छु

    काठमाडौं । मानवीय अनुभुतिको लिपि विश्वव्यापी हुन्छ, सबैलाई बुझ्न सजिलो । मान्छेको सुख, दुःख रोदन हासोमा गहिराइ धेरैथोरै हुनसक्ला तर अन्तर्य समान हुन्छ । सबैले बुझ्छन् । पछिल्लो समय निर्देशक दीपेन्द्र के खनालले यिनै कुराहरूलाई समेटेर आफ्नो सिनेयात्रा दौडाइरहेका छन् ।

    ‘पशुपतिप्रसाद’बाट प्राप्त उर्जाले ‘आमा’ बनाए, ‘आमा’को उर्जाले ‘चिसो मान्छे’ बाट थप उर्जा ल्याउने तरखर गर्दैछन् । सिनेमा असार ३ गते शुक्रवारबाट प्रदर्शनमा आयो । आफ्ना अघिल्ला सिनेमाहरू झँै ‘चिसो मान्छे’ ले पनि न्यानो माया पाउनेमा उनी ढुक्क जस्तै छन् ।

    सिनेमाका बारेमा गरिएको साक्षात्कारको समयमा उनीमा त्यो विश्वस्तता स्पष्ट झल्किन्थ्यो । सोही सिनेमाको सेरोफेरोमा उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

    अघिल्लोपटक एउटी आमाको कथा थियो यसपटकको कथा कसको हो ?
    ‘आमा’मा एउटी आमाको भन्दापनि एउटा नारीको कथा थियो अझ भन्नुपर्दा तीन वटा नारीको कथा थियो । यसपाली पनि नारीकै कथा छ । समग्रमा नारीकै वरीपरी कथा घुम्छ ।

    यसले कस्तो नारीको कथा भन्छ ?
    यो एउटा विद्रोह जस्तो छ चलचित्रमा । एउटा नारी पात्रले समाजसँग उसको अपm्ठ्याराहरूको विद्रोह । त्यो छनक ट्रेलरमा पनि देखिएको छ । गाडी पछाडि श्रीमानको शव छ, अगाडि बसेकी ऊ एउटा छुट्टै जोनमा छ । त्यसले गर्दा चलचित्रमा एउटा नारी विद्रोह जसरी धेरै कुरा छ ।

    यो पनि भन्नुपर्ने देखाउनुपर्ने कथा हो भन्ने आत्मविश्वास तपाईंलाई यसको कुन पक्षले दियो ?
    यो नै बनाउँछु अथवा यो नै गर्छु भनेर म गर्दिन । मलाई मनमा लाग्नुपर्छ, मनमा छुनपर्छ आफैँलाई । विशेषगरी जन्म, मृत्यु, सम्बन्धका कथाहरूले मलाई धेरै छुन्छन् ।
    त्यसले गर्दा मलाई छुन पुग्यो ।

    तपाईलाई यो सिनेमा बनाइरहँदा लागेको गाह्रो कुरा के थियो ?
    भाषाकै कुरा गाह्रो थियो । त्यो एउटा योजना अनुसार हामीले जसरी ग¥यांै सहज भयो । अर्को यो ट्राभल फिल्म थियो, ट्राभल फिल्म भएपछि यहाँदेखि बाजुरासम्म गाडीमा खिच्नपर्ने, बाटोमा आउने अपm्ठ्यारोहरू, एकदमै अपm्ठ्यारो थियो । पहिलो कोभिडको लकडाउन सकिनेबित्तिकै खुलेको सेटिङमा चलचित्रको कथा घुमेको छ । त्यो बेला त्यो समय आफैँमा डरलाग्दो थियो । सिनेमा खिच्नलाई काठमाडौ देखि बाजुरासम्म निस्किन्छु भन्दा परिवेश त्यतिखेर डरलाग्दो थियो । तर अब चलचित्रको कथा पनि सेटिङ पनि मैले ठ्याक्कै त्यही बेलाको बनाएको हुनाले त्यो डरलाग्दो भएपनि चलचित्रमा त्यो बेलाको सेटिङ राख्न पाएँ ।

    पात्रहरूका लागि कलाकार छान्न सजिलो भयो कि गाह्रो ?
    पात्र त कस्तो हुन्छ भने म आफैँ लेख्ने भएकोे भएर लेख्दालेख्दै दिमागमा लगभग हाम्रो इण्डस्ट्रिमा भइरहेको कलाकारको इमेज आउन थालिहाल्छ । त्यसले गर्दा पात्र छनोटमा अपm्ठ्यारो भएन ।

    सिनेमा बनिसकेको छ, निर्देशकका रूपमा सिनेमाप्रति तपाईंको आत्मविश्वास कति छ ?
    कन्फिडेन्स त छ, ट्रेलरले पनि देखाएको छ । सबैजना दर्शकले एकदमै मन पराउनु भयो । र ट्रेलर भन्दा सिनेमा एकदमै भिन्न छ, धेरै कुरा छ फिल्ममा । त्यसले गर्दा म आशावादी छु एकदम । दर्शकहरूले पक्कैपनि एक लेभलको मन पराउनुहुन्छ । र जैले पनि म आफूले निर्देशकको हिसावले काम गर्दा निर्देशकको ग्रोथ हुनपर्छ भन्ने विश्वास राख्छु र त्यो ग्रोथ ‘चिसो मान्छे’ सम्म आइपुग्दा अझै बढेको छ भन्ने लाग्छ ।

    अहिलेसम्म तपाईंले बनाइसकेका सिनेमाहरूमा यो सिनेमा कहाँ छ ?
    सबैको आफ्नो–आफ्नो विशेषता छन् । त्यसैले कहाँ पर्छन् भन्दा पनि, मैले अघि नै भने निर्देशकको ग्रोथ कत्तिको भएको छ भन्ने सिनेमामा देख्न पाइन्छ, त्यही हो ।

    कलाकारहरूलाई आफ्नो पात्रमा छिर्न कत्तिको गार्हो भयो, उहाँहरू तपाईको दृश्य भाषामा कतिको खरो उत्रिनुभयो ?
    मैले जस्तो सोचेको थिएँ, पात्रहरू यस्तो हुनुपर्छ, यस्तो बोल्ला, यस्तो गर्ला भन्ने । जोजोलाई छनौट गरेँ, पूर्णरूपमा सोचेको जस्तै भएको छ । अब सयमा सय त केही कुरा हामीले गर्न सक्दैनौं, कति कुराहरू तर सिनेमाको कति प्रतिशत आयो भन्दा एउटा मज्जाको लेभल आएको छ ।

    तपाईंले आफ्ना कलाकारहरूलाई उनीहरूको भुमिकाका बारेमा सुनाइरहँदा प्रतिक्रिया के–कस्तो थियो ?
    सबैजना एकदमै एक्साइटेड हुनुभएको थियो । जस्तै स्वतिमालाई उताको भाषामा चलचित्र गर्ने खुब रहर रहेछ । अनि मैले अफर गर्दा ऊ एकदमै एक्साइटेड थियो । उसले त्यो एक्साइटमेन्ट अनुसारकै सिनेमालाई दिनुपर्ने इनपुट दिएको छ । त्यो ट्रेलरमा देखिएको छ । अर्पणकै कुरा गर्दा उनले गम्भीर भुमिकाहरू गरिरहेको थिएन । उसलाई
    ‘आमा’ मा दृश्यात्मक रूपमा नदेखिने तर आवाजमा मात्र सुनिने छोरा पात्रमा राखेको थिएँ । त्यो फोनको संवादलाई नै दर्शकहरूले अति नै मनपराउनु भएको थियो ।

    ‘चिसो मान्छे’मा तपाईंले प्रश्तुत गर्नुभएको कथासँग दर्शकहरू कति सहमत हुनुहोला जस्तो लाग्छ ?
    कन्भिन्स हुनुहुन्छ । मैले भने नि जन्मको मृत्युको अथवा सम्बन्धको कुराहरू सबैसँग रिलेटेबल हुन्छ जस्तो लाग्छ । त्यसले गर्दा मैले जे कुरा भन्न खोजेको छु, त्यसमा कन्भिन्स हुनुहुन्छ भन्ने लागेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend